Internet News from Himalaya with unlimited entertainment solution.
 
Select Language: Mixed Mode | English Only | Nepali Only
Home Sherpa Dictionary Video Gallery Photo Gallery Audio Gallery Have Your Say Donors About Us
परम पुज्य वरिष्ठ धर्म गुरु श्री क्यब्ज्ये ठुल्शिक रिन्पोछे ज्युको चिरायु रहुनको अभिवादन प्रार्थना                Nepal Buddhist Nyingma Association Notice               स्वर्णपदक बिजेता आङबाबु शेर्पालाई SMS भोट दिनुहोस:               सुचना               नेपाल बौद्ध ङिङमा संघको हार्दिक निमण्त्रणा               अष्ट्रेलियाबासी नेपालीहरुमा जरुरी सुचना!!               नेपाली समाजको ऐतिहासिक दस्ताबेज मंगोल भिजनको बिशेषंका प्रकाशन भयो               जरुरी सुचना!!               शेर्पा वोर्ल्ड डट् कमको जरुरि सुचना               प्रत्येक दिन बिहान ५:४५ देखि ६:१५ सम्मा केबल लाईनमा भुटान टी भी बि बि एस हेर्नु नभुल्नु होला। बौद्ध धर्ममा ङिङमा सम्प्रदायको मोन्लाम हरु भिज्युएल सहित प्रसारण हुने हुँदा यहाँहरुले हेर्न नभुल्नु होला। धन्याबाद! शेर्पा वर्ल्ड डट् कम्               


संघिय गणतन्त्र नेपालको राज्य पुनर्संरचनाको मुख्य आधार र राष्ट्रिय(जातीय) मुक्ति आन्दोलनको सान्दर्भिकता !

अजितमान तामाङ

tamang.ajitman@gmail.com

१. विषय प्रवेश:

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक हो । त्यसकारण नेपाल बहु राष्ट्रिय मुलुक हो यो एउटा मात्र जाति, भाषा, संस्कृतिको देस होइन । नेपालमा धेरै मानव समुदायहरू बसोबास गर्छन् । जसमा नेपाल सरकारले ५९ जातिहरूलाई आदिवासी जनजातिको सूचीमा सुचीकृत गरेको थियो भने छुटेकाहरू थप सुचीकृत  हुने प्रकृयामा रहेको छ । नेपालमा तामाङ, नेवार, मगर, थारू, राइ, लिम्बू लगायतको जाति वा राष्ट्रहरूको मौलिक प्राचीन संघीय

 

राज्यहरू थिए । जहाँ उनीहरूको आदिम काल देखि छुट्टो बसोबास रहेको निश्‍चित भूगोल-क्षेत्र छ, जहाँ उनीहरूको एउटा साझा भाषा छ अनि मौलिक पहिचान युक्त रीतिरिवाज, नियमन, संस्कारहरू तथा आर्थिक उपार्जन प्रणाली प्राकृतिक श्रोत र साधनहरूको मौलिक व्यवस्थापन, उत्पादनका विधिहरू सीप, कला कौसल छन् जसलाई आदिवासी ज्ञानको रूपमा आजपनि चिनिन्छ त्यो थियो र छ । तसर्थ यो कविलाई र गोत्र पछिको विकसित मानव समाज अर्थात् राष्ट्र वा जाति हो । त्यसकारण नेपालको सन्दर्भमा विशेषतः तामाङ, गुरुङ, मगर, थारू, लिम्बू तथा खम्बु आदि मात्र कविलाई र गोत्रबाट विकास हुँदै राष्ट्र (nation) अर्थात् जातिको अवस्थामा पुगेको तर पुँजीवादी समाजसम्म नपुगेको सङ्गठित समाजको रूप राष्ट्र अर्थात् जाति हो । जसको आफ्नो छुट्टो भूमि, साझा भाषा, संस्कृति र आफ्नै आर्थिक व्यवस्थापन प्रणाली तथा विधि, प्राकृतिक श्रोत साधनको परिचालन उत्पादनका विधिहरू छ ।

यो राष्ट्रहरू नेपालको भूगोल भित्र भर्खरमात्र बनेको काल्पनिक रूपमा रचेको होइन । नेपालको यी राष्ट्र अर्थात् जातिहरूको ऐतिहासिक राजनीतिक प्रणालीको खोजि गरी हेर्ने हो भने खसहरूको खसान, मगरहरूको बाह्र मगरात[1], अठ्ठार मगरात, तमुवानको बाह्र गाउँले, ताम्सालीङको बाह्र गोर्स्याङ, बाह्र लच्याङ र बाह्र तेमालका बाह्र तामाङ, खम्बुवान तथा लिम्बुवानका दस लिम्बुवान अनि तराईका थरूहटका सौराठ अर्थात् सभाहरू(Council) प्राचीन गणतान्त्रिक गणराज्यका स्वरूपहरू हुन् । यी गणराज्यको पुष्टि इसा पूर्व तेस्रो शताब्दीका प्रथम मौर्य शासन कालका कौटिल्यका अर्थशास्त्रका बृतान्तले नै गर्छ । मौर्य सम्राट चन्द्र गुप्त (इ.पू.२३१-२९७) का मन्त्री कौटील्यले बनाएको अर्थशात्रको अधिकरण-२ अधयाय-११, सुत्र-१०५-६ नेपालका बाह्र गाउँबाट निर्यात हुने विभिन्न उनका राडी तथा 'भिङ्गसी' घुमराडी तथा मृग लगायत बाह्र गाउँबाट आउने विभिन्न छालाका बस्तुहरूको चर्चा गरेको भेटिन्छ । यहाँ चर्चा गरिएको बाह्र गाउँ प्राचीन संघीय प्रणालीको स्वरूप हो । नेपालको मुस्ताङमा आज पनि यो परम्पराको रूपमा रहेको छ । तामाङहरूको वंशावलीमा बाह्र तामाङको चर्चा तथा उल्लेख गरिएको पाइन्छ । यहाँ बाह्रले विभिन्न बाह्र गण वा जनपद वा गाउँहरूको जन प्रतिनिधि मूलक संस्था 'बाह्र तामाङ' अर्थात् बाह्र वटा गाउँको जनप्रतिनिधिहरूको सभा लाई बुझाउँछ । ताम्सालीङमा तामाङहरूको यस्तो सभा या परिषद् वा संघीय स्वरूप बाह्र तिमाल, बाह्र लच्याङ, र बाह्र गोर्स्याङ गरी तिन वटा भएको तथ्य हर्षवर्द्धन, अंशुवर्माकालमा रचित तामाङ वंशावली तथा मौखिक इतिहासमा पाइन्छ । त्यसकारण तामाङ एउटा जातिगत गोत्र होइन गणराज्यको शासकीय स्वरूप युक्त एउटा जाति वा राष्ट्र हो । त्यसकारण नेपालमा राष्ट्र वा जातिको आधारमा राज्यको पुनर्संरचना गरिनु पुरानै सामन्तवादी बाइसी र चौबीसी राज्यको जस्तो नेपाल बनाउने माग होइन बरु ती सयौ वर्ष देखि उपेक्षित, दमित जाति वा राष्ट्रहरूको छुट्टो पहिचान सहितको स्वशासनको अधिकार र स्वायत्त गण राज्यको माग हो जहाँ जातिहरू स्वाधीन हुन्छ। अलग नेपालको माग होइन । मात्र राष्ट्रिय पहिचानको खोजी हो । राष्ट्रिय मुक्तिको सवाल हो ।

नेपालमा राष्ट्रिय मुक्ति आन्दोलन र सङ्घीयताको आवश्यकता:

नेपालको राज्य पुनर्संरचना गर्दा एउटा वैज्ञानिक र भरपर्दा सैद्धान्तिक आधारको रूपमा यही जाति वा राष्ट्रहरूलाई स्वायत्त गण राज्यहरूको रूपमा स्थापना गरेमा वैज्ञानिक र व्यवहारिक सङ्घ राज्यहरूको निर्माण हुनुको साथै न्यायोचित हुनेछ । यसरी संघीय नेपालको राज्यहरूको संरचना गर्दा यसले सयौं वर्ष देखीको केन्द्र कृत, खस एकाधिकारवादी साम्प्रदायिक रूढी वादी हिन्दू राष्ट्रवादमा आधारित खस राष्ट्र वा खस जातिको गोर्खाली अर्ध-औपनिवेशिक सामन्ती शाही राज्य सत्ताले शोषण, दमन तथा उत्पीडनमा पारेका ती राष्ट्रहरूको (जातिहरूको) र सत्ताधारी खसराष्ट्र बीचको दूरी अर्थात् वर्गभेदको अन्त हुनेछ । यसले नेपालमा राज्य पुनर्संरचना हुनुको साथै नयाँ युगको सुरुवात सँगै नेपालमा उपेक्षित, उत्पीडित राष्ट्र वा जातिहरूले राष्ट्रिय मुक्तिको श्‍वास फेर्ने अवसर पाउने छ ।

विगतमा नेपालको यो यथार्थ र वस्तुगत मौलिक बहु-राष्ट्रिय संरचना र यही राष्ट्रिय मुक्ति आन्दोलनलाई साम्यवादीहरू अर्थात् कम्युनिस्ट पार्टीहरूले बुझ्न नसेका कारण यहाँको वर्गीय मुक्ति आन्दोलनले ठीक ढङ्गले यहाँको राष्ट्रिय मुक्ति आन्दोलनको दिशा निर्देश गर्न सकेको थिएन । नेपाललाई संघीय गणतन्त्र मुलुकको रूपमा विभिन्न राष्ट्र वा जाति (नेसन)को आधारमा नेपालको संघीय स्वायत्त राज्यहरू निर्माण गरिनु पर्ने माग सहित नेपालका उपेक्षित जातीहरूले राष्ट्रिय मुक्ति(जातीय मुक्ति) आन्दोलन कै रूपमा तानाशाही निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्ध प्रथम जनआन्दोलनमा उत्रिएका थिए । त्यसै गरी नेपालका आदिवासी जनजातिहरू पनि तत्कालीन "नेपाल जनजाति महासंघ"मा आबद्ध भइ जातीय मुक्ति तथा भाषिक अधिकारको आन्दोलनमा उत्रिएको थियो । जब नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले नेपालमा जनगणतन्त्रको स्थापना र साम्यवादको महान् लक्ष्यका साथ सशस्त्र जनयुद्धको माध्यमबाट नौलो जनवादी क्रान्तिको आरम्भ गर्‍यो र त्यस सँगै राष्ट्रिय मुक्ति आन्दोलनलाई उपत्यकाका नेवारको नेवार राष्ट्रिय मुक्ति मोर्चा, गुरुङको तमु राष्ट्रिय मुक्ति मोर्चा, लिम्बूको लिम्बू राष्ट्रिय मुक्ति मोर्चा, तामाङको तामाङ राष्ट्रिय मुक्ति मोर्चा आदि लगायत विभिन्न जातीय तथा क्षेत्रीय मुक्ति मोर्चाहरूको निर्माण गर्दै जनताको सशस्त्र विद्रोह जनयुद्धलाई अघि बढाए त्यसपछि जनताको सशस्त्र विद्रोह जनयुद्धले जनताको अगाध माया र समर्थन प्राप्‍त गर्दै एक पछि अर्को गर्दै महान् सफलताहरू हासिल गरे । सामन्ती राजतन्त्र र राज संस्थाका वरिपरि सत्ताका लागि आन्दोलनरत सात राजनीतिक दललाई पनि सशस्त्र विद्रोही जनताको राष्ट्रिय शक्ति माओवादी सँगको एकता सहकार्य नगरे आफूहरू पनि जनताको सशस्त्र विद्रोहको तागत बलले बढारिने भयले जनताको 'जन मुक्ति सेना' सहितको सशस्त्र जन विद्रोही शक्ति नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सँग सहकार्य गर्न बाध्य भए । हिजो राजतन्त्रलाई संवैधानिक रूपमा राख्‍नु पर्छ भन्नेहरू र ज्ञानेन्द्र शाहको खुट्टोमा दाम चढाउने कम्युनिस्टहरू समेतले अन्ततः: नेपालमा जन गणतन्त्र स्थापना गर्न राजतन्त्रको जरा नउखेली सम्भव नहुने निष्कर्ष सहित जनताको सशस्त्र जन विद्रोह गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को वैचारिक कार्य नीति जन-विचारसँग सहमत भएपछि सम्पन्न भएको दोस्रो महान् जनआन्दोलन २०६२/०६३ ले नेपालमा अढाई सय वर्ष देखि जरा गाडेर बसेको केन्द्र कृत, खस एकाधिकारवादी साम्प्रदायिक रूढी वादी हिन्दू राष्ट्रवादमा आधारित खस राष्ट्र वा खस जातिको गोर्खाली अर्ध-औपनिवेशिक सामन्ती राजतन्त्रात्मक शाही सत्ता आफ्नै दाजुको वंश नास गरी हत्याउन सफल ज्ञानेन्द्र शाहसँगै सदाका लागि राजतन्त्रको अन्त्य भइ 'गणतान्त्रिक नेपाल' स्थापना भयो । सशस्त्र जन विद्रोहले स्थापना गरेको जनताको 'जन मुक्ति सेना' को तागतले गर्दा नै नेपालमा राजतन्त्रको अन्तसँगै विगत पचास वर्षे कम्युनिस्ट आन्दोलनले फड्को मार्न नसकेको र एक आपसमा गाली गलोच र टुटफुटको संस्कारमा डुबेका नेपाली वर्गीय मुक्ति आन्दोलनलाई समेत एकता, ध्रुवीकरणको गति र दिशामा चमत्कारी ढङ्गबाट डोर्‍याउँदै नेपालको कम्युनिस्ट आन्दोलनले विश्वकै निमित्त मार्ग निर्देशक वैचारिक सिद्धान्त "प्रचण्डपथ"को जन्म दिइनुको साथै जनताको दस वर्षे सशस्त्र जन विद्रोह महान् जनयुद्धले विश्व सामु नेपाललाई साँच्चिकै क्रान्तिकारीहरू देसको रूपमा चिनायो ।

तसर्थ नेपालको वर्गीय मुक्ति आन्दोलन मूलतः राष्ट्रिय मुक्ति आन्दोलनबाट अलग-थलग नभइ नङ मासु झै जोडिएको छ । राष्ट्रिय मुक्ति आन्दोलनको सम्बोधन बिना नेपालमा संघीयताको कल्पना गरिनु राजतन्त्रको अर्को रूपको परिकल्पना गर्नु हुनेछ । त्यसकारण पहिले राष्ट्रहरू बीचको विभेदको अन्त गरिनु पर्छ अर्थात् नेपाल एउटा खसराष्ट्र वा खसजातिको बोलवाला र दबदबाबाट अन्य राष्ट्रहरूले मुक्ति पाउनु पर्छ । नेपालको राष्ट्रिय मुक्ति आन्दोलनको आधारभूत र मूलभूत समस्याको उठान नेपालको प्राचीन र मौलिक संघीय गणराज्यहरू र राष्ट्र (नेसन) वा जातिको बारेमा ब्राम्हणवादी हिन्दू वर्णाश्रम प्रणालीको भेदभावकी सामन्तवादी दृष्टिकोणबाट बुझ्नु र सोही अनुसार गलत व्याख्या गरिनु हो । नेपालमा राष्ट्रिय मुक्ति आन्दोलनका विरुद्ध खेती गर्ने केन्द्र कृत, खस एकाधिकारवादी साम्प्रदायिक रूढी वादी हिन्दू राष्ट्रवादमा आधारित खस राष्ट्र वा खस जातिको गोर्खाली अर्ध-औपनिवेशिक सामन्ती शाही राज्य सत्ताले लादेको वा स्थापना गरेको इतिहास र सामन्तहरूको नाइके ज्ञानेद्र शाहको खुट्टोमा दाम चढाउने संस्कारको उपजकै कारण अझै वर्गीय मुक्तिका वकालत गर्ने मुठ्ठीभरका तथाकथित कम्युनिस्टहरूले नेपालमा जनताको संघीय जनगणतन्त्रको विरोध गरि रहेका छन् ।

नेपालमा राष्ट्रिय मुक्ति आन्दोलनलाई सम्पन्न गर्ने प्रयास स्वरूप संविधान सभाको चुनावमा पनि तत्कालीन नेकपा(माओवादी) लगायत राजनीतिक दलहरूले प्राचीन जातीय सङ्घ राष्ट्रहरूको मुक्ति आन्दोलन सँग एकाकार गर्दै आफ्नो घोषणा-पत्रमा जाति अर्थात् राष्ट्र, भाषा, उपेक्षित तथा पिछडिएको क्षेत्र आदिका आधारमा १३ राज्यहरूको प्रस्तावित खाका अनुसार पुनर्संरचना गर्ने कुरा समावेश गरेका थिए । जसको पक्षमा संविधान सभाको चुनावमा नेपालको ४० प्रतिशत जनताले मत समेत हाले । यसले पनि  नेपालमा संघीय नेपालको राज्यको पुनर्संरचना गर्दा तामाङ राष्ट्रको ताम्सालीङ, नेवारको नेपाल मण्डल, गुरुङको तमुवान, मगरको मगरात, थारूको थरूहट(थारूवान), खम्बुहरूको खम्बुवान, लिम्बूहरूको लिम्बुवान, कोचीला तथा भाषिक आधारमा पनि अवधिको अवध, भोजपुरा, मैथिलको मिथिला आदी लगायत राज्यहरूको निर्माण गर्नु अत्यन्त वैज्ञानिक व्यवहारिक हुनाको साथै नेपालमा वर्गीय मुक्ति आन्दोलनका पूर्वाधार राष्ट्रिय मुक्ति आन्दोलनले सफलता पाउने छ ।

। थुजेछे ।



[1] Eden vansittart को  The Gurkhas को पृष्ट ८४ र ८५ हेर्‍नुहोस् ।

     Related
 
 
1 तपाईको जन्म मिति र तपाई कुन ल्हो र कुन खाम हो थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
2 नेपाली हाँस्य टेलि चलचित्र "वार कि पार"
3 हिमाली गितहरु
4 Dendi Sherpa's Sherpa songs 'visual'
5 Tibetan Losar Song video
6 शेर्पाहरुको उत्पत्ती र नामकरण
7 छ्योमिन् बाले पछि गर्नु पर्ने मोन्लम्
8 song of Roshan Gurung
9 शेर्पाको थर र 'मेरप्' (शेर्पाहरुको बंसावली)
10 शेर्पाको भाषा र लिपिहरु -- पाशाङ ग्याल्जेन लामा
11 शेर्पाको धर्मिक चाड पर्वहरु
12 शेर्पाको न्वारन संस्कार
13 बुद्ध धर्ममा पञ्चशीलको महत्व र आवश्यकता
14 बुद्ध धर्ममा कर्मकाण्ड वाङ
15 ऐतिहासिक तोलाकागुम्बा ओझेलमा
 
 
Home | Photo Gallery | Video Gallery | Sherpa Dictionary | Have Your Say | About Us
This site has been visited 5652866 times.
© Sherpaworld.com 2008. Em@il: sherpaworldnews@gmail.com