Internet News from Himalaya with unlimited entertainment solution.
 
Select Language: Mixed Mode | English Only | Nepali Only
Home Sherpa Dictionary Video Gallery Photo Gallery Audio Gallery Have Your Say Donors About Us
परम पुज्य वरिष्ठ धर्म गुरु श्री क्यब्ज्ये ठुल्शिक रिन्पोछे ज्युको चिरायु रहुनको अभिवादन प्रार्थना                Nepal Buddhist Nyingma Association Notice               स्वर्णपदक बिजेता आङबाबु शेर्पालाई SMS भोट दिनुहोस:               सुचना               नेपाल बौद्ध ङिङमा संघको हार्दिक निमण्त्रणा               अष्ट्रेलियाबासी नेपालीहरुमा जरुरी सुचना!!               नेपाली समाजको ऐतिहासिक दस्ताबेज मंगोल भिजनको बिशेषंका प्रकाशन भयो               जरुरी सुचना!!               शेर्पा वोर्ल्ड डट् कमको जरुरि सुचना               प्रत्येक दिन बिहान ५:४५ देखि ६:१५ सम्मा केबल लाईनमा भुटान टी भी बि बि एस हेर्नु नभुल्नु होला। बौद्ध धर्ममा ङिङमा सम्प्रदायको मोन्लाम हरु भिज्युएल सहित प्रसारण हुने हुँदा यहाँहरुले हेर्न नभुल्नु होला। धन्याबाद! शेर्पा वर्ल्ड डट् कम्               


शेर्पाको धर्मिक चाड पर्वहरु

धार्मिक चार्डपर्व शर्ेपा समाजमा धार्मिक चार्डपर्वहरू आफू र अरूको भलो चिताउने शुभ कार्यको रूपमा मानिन्छ । आफ्ना क्षमता र धार्मिक श्रद्धा अनुसार पवित्र दिनहरूमा घर र गोठहरूमा मंगलमय पाठ पूजा गर्न, गोम्पामा युम -शतसाहस्रिकाप्रज्ञापारामिता) र कग्युर -बुद्ध वचनको १०१ ठेली) पुस्तकहरू पाठ गर्ने, त्यस अवसरमा आफ्ना छिमेकी घर गाउँलेहरू पनि आमन्त्रणगरी धर्म श्रवण, प्रसाद ग्रहण र जलपान गराउने, त्यसैरी शुक्लपक्षको दशमीमा गुरु रिन्पोछेको जन्मोत्सव पूजा, कृष्णपक्षको दशमीमा देवी

डाकिनी येशे छोग्यल -ज्ञानसागर) को जन्म दिवस पूजा गर्न, त्यसरी नै बुद्धजयन्तीको उपलक्ष्यमा सग दावा व्रत पूजा, दर्ुइ दिनमा पूरा हुने ञ्युङन्य -मौनब्रत) लिएर पूजा गर्न, आर्य अवलोकितेश्वर -फाग्पा च्यनर्‍यशिग) को साधना गर्न आरम्भ गर्ने, यस्ता ञ्युङन्य -मौन ब्रत) लिएर पूजा गर्न परम्परा जेष्ठ शुक्लपक्षदेखि शुरू गरेर महिनौसम्म सञ्चालन भइरहन्छ । असारमा गुरु रत्न लिङपाको धार्मिक परम्परा अनुसार एक हप्तासम्म डुम्ची -डुव्क्षोद्) पूजा गर्ने, यस अवसरमा विभिन्न देव देवीको रूप धारणगरी धार्मिक क्षाम -नृत्य) पनि गरिन्छ । त्यसैगरी आसार(श्रावण महिनामा उँभौंलीको कुलदेवता बुझाउन "यारच्यङ" पूजा गर्ने, श्रावण महिनाको शुक्लपक्षको चौथी तिथिमा बुद्ध शाक्य मुनिले र्सवप्रथम धर्मदेशना दिएको "धर्मचक्रपर््रवर्तन दिवस" -क्षोखोर दुक्षेन) मनाउन पूजा गर्ने, श्रावण महिना कै शुक्लपक्षको दशमीमा गुरु रिन्पोक्षेको जन्मोत्सव -टेल दई छेच्यु) भव्य रूपमा मनाउने, कार्तिकको दशमी तिथिदेखि पूणिर्मासम्म मणि रिम्डु -मणि सिलडुब) पूजा, कार्तिकको पूणिर्मा देखि कृष्णपक्षको सप्तमीसम्म बुद्ध देवलोकबाट मनुष्य लोकमा पाल्नु भएको "देव अवतरण" पूजा गरी अबौद्धहरूले देवदेवीको नाममा बलिगरिरहेका पशुहरू सुगति प्राप्त होओस् भनी पर््रार्थना गरिन्छ । यस्तै बुद्धले श्रावस्तीमा धर्मप्रतिहार्य -धार्मिक शक्ति) पर््रदर्शनगरी प्रतिपक्षको तर्ैर्थिक साधुहरू हराएको -क्षोठुलदुक्षेन) को उपलक्ष्यमा विभिन्न परिकारहरू सजाएर सामूहिक चाड मनाउने, त्यस बाहेक पनि आफ्ना मूल गुरु परलोक भएको र आमा बाबु निधन भएको दिनमा तथा घर गाउँमा आलो पालोगरी परम्परागत रूपमा मनाउने चाड पर्वहरू व्यक्तिगत र सामूहिक रूपमा मनाउने गर्दछन् । उपर्युक्त धार्मिक चार्डपर्वमा विभिन्न परिकारको प्रसाद, सुगन्धित धूप र हजारौं दीपबत्ती तथा रंगीचंगी धार्मिम ध्वजा फरफराउने, लामा गुरुलाई दान दक्षिण चर्ढाई आदर सत्कारगरी अश्वेत पक्षको भूतप्रेको पराजय र श्वेत पक्षका देवदेवीको जय जयकार गरी घर आदर सत्कारगरी अश्वेत पक्षको भूतप्रेको पराजय र श्वेत पक्षका देवदेवीको जय जयकार गरी घर गाउँ, समाज, देश प्रदेश र विश्व मानव समाजमा शान्ति तथा जगत प्राणीको कल्याण होस् भनी शुभकामना गरिन्छ । धार्मिक प्रकृया

मानिसहरू जीवनको उकाली ओरालीबाट दिक्क लागेर अरण्य -जंगल) ओडार, गुफा र तपोवनमा गएर साधारण जीवन यापन गर्ने कार्यलाई धार्मिक जीवन यापन गर्नु भनिन्छ । शर्ेपाहरू गृहस्थी जीवन यापन गर्नुपरे पनि आफ्ना परिवारको एकजना सदस्यलाई धार्मिक जीवन यापन गर्न गोम्पामा पठाउने इच्छा गर्ने, आफ्ना घरको एउटा कोठा -क्षोश्याम) मा बुद्ध बोधिसत्वको र अन्य देवदेवीको मर्ूर्ति र चित्रकलाहरू सजाई विहान बेलुकी दैनिक धूप बत्तीगरी पूजा गर्ने, घरको आँगनमा धार्मिक मन्त्रयुक्त ध्वजा उर्ठाई फर फराएको दाँया परेर घुम्ने, गाउँले छिमेकीहरू मिलेर गाउँको उपर्युक्त स्थानमा धर्म संस्कृतिका स्मारक गोम्पा र त्यस छेउँमा मणि गोम्पा स्थापनागरी प्रदक्षिणा गर्ने, घरको छेउ छाउमा र बाटोको वरपरमा भएको ठूला ढुंगाहरूमा देव देवीका मन्त्र -धरणी) खोपेर धार्मिक सेवाको रूपमा स्थापना गर्ने, यसैगरी ढुङ्गाका पाताहरूमा आर्य अवलोकितेश्वर -फाग्पा च्यन्र्‍यश्यिग) मञ्जुश्री -ज्यम्पीयाङ) र बज्रपणि -क्षग्नदोर्जे) र गुरु रिन्पोक्षे तथा तारा -डोल्मा) देवीहरूका मूलमन्त्र खोपेर मणिपाताका ढुङ्गाहरू मूलबाटोको दोबाटो र देउरालीहरूमा मिलाएर लामा लामा लहरेमणिहरू स्थापना गरेर धार्मिक वातावरण सिर्जना गर्ने, घर गाउँको डाँडा पाखो र ठूलो ढुङ्गा माथि महत्वपर्ूण्ा मन्त्र धातुले भरिएको चैत्य -स्तुप) हरू स्थापना गर्छन् । त्यसरी दिशा दिशामा ज्ञान चक्षुयुक्त स्तूप स्थापना गरेको मात्र नभई सालिन्दा सफा सुघर पारी विभिन्न किसिमका रंग विरंग र चुना कमेरोले टलकाई धुपबत्ती र पूजा सत्कारगरी संरक्षण सर्ंवर्द्धन गर्ने काम पनि गर्छन् । यसबाट स्थानीय वातावरण सफा र स्वच्छ पार्ने काममा पनि ठूलो सघाउ पुर्‍याएको हुन्छ ।

यति मात्र नभई गाउँ, नगर र गोम्पाको मूलबाटोमा पञ्चबुद्ध र आरती देव देवीको पट चित्रकलाले पोतेको कणि मन्दिर नगरद्वारको रूपमा निर्माणगरी आगन्तुक यात्रु महानुभावहरूको स्वागत गर्ने गर्दछ । यसरी शर्ेपाहरू जीवन्त धर्मक्षेत्रमा समर्पित भएको जसरी धर्म र सांस्कृतिक सम्पदाको संरक्षणगरी घर गाउँ र देशलाई सिर्ङ्गार्ने काम गरेको छ भन्दा अत्युक्ति नहोला । त्यसैगरी देश विदेशको तर्ीथयात्रा गर्ने क्रममा मञ्जुश्री परम्पराका नग्ची -ज्योतिष शास्त्र) अनुसार १२र१२ वर्षा -क्षोर्तेन ज्यरूङ खशोर) चैत्य र स्वयम्भू लगायत काठमाडौं उपत्यकामा भएका सम्पर्ूण्ा तर्ीथयात्रागरी पूजा गर्ने, तग्लो -बाघ वर्ष मा बोधिसत्वले बाघिनीलाई जीउदान गरेको तर्ीथस्थल तग्मो लुज्यिन -नमो बुद्ध चैत्य) को दर्शन र पूजा पाठ गर्न जाने, लुग्लो -भेडा वर्ष मा दोलखा लप्क्षीमा महायोगी मिलार्‍यपाले ध्यान गरेको तर्ीथस्थलको दर्शन यात्रा गर्ने तर्ीथस्थल हलेश्य -मारतिका गुफा) को दर्शन र गणचक्र पूजा गरी आशर्ीवाद लिएर निरोगी र दर्ीघायुको कामना गर्ने चलन छ । त्यसरी नै अनुकूल समयमा बुद्धले बोधिज्ञान प्राप्त गरेको महातर्ीथस्थल बोधिगया -दोर्जेदेन) को दर्शन गर्न जाने, त्यसैगरी बुद्धले र्सवप्रथम धर्मचक्र पर््रवर्तन -क्षोखोरकोरवीन्य) गरेको तर्ीथस्थल सारनाथ वाराणसीको, बुद्धले धार्मिक प्रतिहार्य -धार्मिक शक्ति) द्वारा तर्ैर्थिक -अबौद्ध) का साधुहरू हराएको तर्ीथस्थल श्रावस्तीको, बुद्धले परिनिर्वाण प्राप्त गरेको तर्ीथस्थल कुशीनगर लगायत भारतमा भएको बौद्ध तर्ीथस्थलहरूमा दर्शन गर्न जाने र बुद्धको जन्मभूमि लुम्बिनी उपवन र त्यस वरपरको महत्वपर्ूण्ा स्थलहरूको दर्शन गरी आशर्ीवाद प्राप्त गर्ने चलन छ ।

यसरी नेपाल र भारतका महत्वपर्ूण्ा बौद्ध तर्ीथयात्रा गर्ने, परमपूज्य दलाइ लामा लगायत ठूलो रिन्पोछेको दर्शन र दान दक्षिण दिएर कार्जे गरेपछि जाँडरक्सी मादक पदार्थ र धुम्रपान तथा तास(जुवा आदि अनैतिक व्यवहारका वस्तुहरू एउटा त्याग्ने गर्दछ । त्यसो नगरे तर्ीथयात्रा र दान पुण्यगरी कार्जे गरेको पुण्यफल पाईदैन भन्ने विश्वास गर्दछ ।

गृहस्थी जीवनमा शत्रु तह लगाउने नाता गोता राख्ने र छोरा छोरी टुङ्गो लगाउने इत्यादि गृहस्थी जीवनमा गर्नुपर्ने गृहस्थी धर्म सिद्धि सकेर बुढेसकाल लागेपछि बुढ्यौली भए पोको पारेर गोम्पामा धार्मिक जीवन यापन गरिरहेका आफ्नो छोरा छोराी आफन्तहरूसँग बस्न जान्छन् । आफ्ना छोरा वा छोरी प्रव्रजित भिक्षु, गुरुमाँ बनेको नभए पनि एउटा नाति(नातिनी साथ लिएर गोम्पामा बस्ने जाने, आफ्ना हेर चाह गर्ने कोही नभएमा आफ्नो ज्यूनी भए गोम्पामा सुम्पेर गोम्पाको छेउमा बसेर गोम्पाको सेवा गर्ने र मणि घुम्ने, विहान बेलुकी बुद्धका भजनकर्ीतन गर्ने र सांसारिक झंझटबाट निश्चिन्त भई सुखमय धार्मिक जीवन यापन गर्छन । यसरी पहिले गृहस्थी हुँदा गरेको कर्ुकर्म प्रति पश्चात्ताप र घृणा गर्ने, आइन्दा त्यसरी दुर्स्कर्म नगर्ने प्रतिज्ञा गर्दै जीवन सुधार्ने काममा लाग्दछन् । प्रायः जसो बुढाबुढी शर्ेपा शर्ेपेनीहरू ।

     Related
 
 
1 तपाईको जन्म मिति र तपाई कुन ल्हो र कुन खाम हो थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
2 नेपाली हाँस्य टेलि चलचित्र "वार कि पार"
3 हिमाली गितहरु
4 Dendi Sherpa's Sherpa songs 'visual'
5 Tibetan Losar Song video
6 शेर्पाहरुको उत्पत्ती र नामकरण
7 छ्योमिन् बाले पछि गर्नु पर्ने मोन्लम्
8 song of Roshan Gurung
9 शेर्पाको थर र 'मेरप्' (शेर्पाहरुको बंसावली)
10 शेर्पाको भाषा र लिपिहरु -- पाशाङ ग्याल्जेन लामा
11 शेर्पाको धर्मिक चाड पर्वहरु
12 शेर्पाको न्वारन संस्कार
13 बुद्ध धर्ममा पञ्चशीलको महत्व र आवश्यकता
14 बुद्ध धर्ममा कर्मकाण्ड वाङ
15 ऐतिहासिक तोलाकागुम्बा ओझेलमा
 
 
Home | Photo Gallery | Video Gallery | Sherpa Dictionary | Have Your Say | About Us
This site has been visited 5652949 times.
© Sherpaworld.com 2008. Em@il: sherpaworldnews@gmail.com