Internet News from Himalaya with unlimited entertainment solution.
 
Select Language: Mixed Mode | English Only | Nepali Only
Home Sherpa Dictionary Video Gallery Photo Gallery Audio Gallery Have Your Say Donors About Us
परम पुज्य वरिष्ठ धर्म गुरु श्री क्यब्ज्ये ठुल्शिक रिन्पोछे ज्युको चिरायु रहुनको अभिवादन प्रार्थना                Nepal Buddhist Nyingma Association Notice               स्वर्णपदक बिजेता आङबाबु शेर्पालाई SMS भोट दिनुहोस:               सुचना               नेपाल बौद्ध ङिङमा संघको हार्दिक निमण्त्रणा               अष्ट्रेलियाबासी नेपालीहरुमा जरुरी सुचना!!               नेपाली समाजको ऐतिहासिक दस्ताबेज मंगोल भिजनको बिशेषंका प्रकाशन भयो               जरुरी सुचना!!               शेर्पा वोर्ल्ड डट् कमको जरुरि सुचना               प्रत्येक दिन बिहान ५:४५ देखि ६:१५ सम्मा केबल लाईनमा भुटान टी भी बि बि एस हेर्नु नभुल्नु होला। बौद्ध धर्ममा ङिङमा सम्प्रदायको मोन्लाम हरु भिज्युएल सहित प्रसारण हुने हुँदा यहाँहरुले हेर्न नभुल्नु होला। धन्याबाद! शेर्पा वर्ल्ड डट् कम्               


कतारमा २८औं मगर दिवस (फागुन १५) सम्पन्न

८ मार्च २०१०

देव बहादुर राना मगर, दोहा

मगर समाज डट् कम 
गतसाल झैं यसपटक पनि ५ मार्च शुक्रबार दिन कतारको सार्वजनिक बिदाको अवसर पारेर नेपाल प्रवासी मगर संघ दोहा कतारले २८औं मगर दिवस (फागुन १५) रमाईलो वनभोजको आयोजना गरी मनायो । कार्यक्रम संयोजक प्रकाश आले

मगरका अनुसार अल्खोरस्थित पब्लिक गार्डेनमा मनाईएको उक्त वनभोज कार्यक्रममा कम्तिमा ६ सयभन्दा बढीको सहभागिता रहेको थियो । 


अध्यक्ष श्री देव बहादुर राना मगरको अध्यक्षतामा सम्पन्न उक्त वनभोज कार्यक्रममा प्रमुख अतिथी NRNA ICC का प्रथम उपाध्यक्ष सागर नेपाल, बिशेष अतिथीमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष अमृत गुरुङ, पूर्व वाङ् तनहुँका रेशम आले मगर हुनुहुन्थ्यो भने अतिथीहरुमा NRNA ICC का सदस्य प्रज्ञान उदास, NRNA ICC का पूर्व सदस्य टि.बी. कार्की, NRNA NCC का अध्यक्ष नरेन्द्र रानाभाट, NRNA NCC का प्रमुख सल्लाहकार कमलमणी गुरागाई, तमु बौध्द सेवा समितिका प्रथम उपाध्यक्ष लक्ष्मी गुरुङ, नेपाल प्रवासी तामाङ समाजका प्रमुख सल्लाहकार सुक बहादुर तामाङ, तामाङ समाज डट् कमका सञ्चालक बिनेश तामाङ, मगर व्यवसायीहरु कमलराज थापा मगर र मन बहादुर पुन मगर, शुभचिन्तक यदुनाथ ज्ञवाली हुनुहुन्थ्यो । त्यसैगरी अन्य अतिथीहरुमा नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्का, खोटाङ युवा सेवा समाजका अध्यक्ष राम गुरुङ, नेपाल जनसम्पर्क समिति कतारका महामन्त्री बिमल सुबेदी, नेपाल लोकतान्त्रिक मञ्चका क्रमशः अध्यक्ष तथा सदस्यहरु क्रमशः रामहरी गैरे, तानव पोखरेल र भेषराज पराजुली, युनिटी लाईफ ईन्स्योरेन्सका अध्यक्ष तथा उपाध्यक्ष क्रमशः रेशम राना मगर र मनिराज थापा मगर, कान्तिपुर प्रवास साप्ताहिकका अरब ब्यरो संवाददाता दिनेश रेग्मी पनि हुनुहुन्थ्यो ।


कार्यक्रममा अतिथीहरुलाई स्वागत गर्दै संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रकाश आले मगरले मगर दिवसबारे प्रकास पार्नुभएको थियो । शुभकामना मन्तव्यको क्रममा मगर दिवस कार्यक्रम वास्तवमा ऐतिहासिक देखिएको बिचार व्यक्त गर्नुहुँदै बिशेष अतिथी महासंघका अध्यक्ष अमृत गुरुङले अबको बन्ने नयाँ संबिधानमा हामी आदिवासी जनजातिहरुको हक-अधिकार सुनिश्चित हुनुपर्छ र प्रथम शहीद लखन थापा मगरलाई राज्यले उचिण सम्मान गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभएको थियो । मन्तव्यकै क्रममा प्रमुख अतिथी NRNA ICC का प्रथम उपाध्यक्ष सागर नेपालले कार्यक्रम अत्यन्त सफल भएको कुरा व्यक्त गर्नुभएको थियो । 


सोही अवसरमा संघको तर्फबाट केही व्यक्तित्वहरुलाई बधाई तथा शुभकामना पत्र प्रदान गरिएको थियो । बधाई तथा शुभकामना पाउनेहरुमा NRNA ICC का क्रमशः प्रथम उपाध्यक्ष सागर नेपाल, मध्यपुर्व संयोजक बद्री प्रसाद पाण्डे, केन्द्रिय सदस्य प्रज्ञान उदास, केन्द्रिय सदस्य आशिष शेरचन, सल्लाहकार सदस्य डा. देवकाजी डंगोल हुनुहुन्थ्यो भने NRNA NCC कतार च्याप्टरका द्वितीय उपाध्यक्ष छत्र बहादुर घले मगर हुनुहुन्थ्यो ।


कार्यक्रममा सहभागीहरुको मनोरञ्जनको लागि खेलकुद तथा सांस्कृतिक कार्यक्रम पनि राखिएको थियो । जस अन्तर्गत खेलकुद कार्यक्रमतर्फ छेलो फाल्ने खेलमा २० जना प्रतिस्पर्धीमध्ये तनहुँका कृष्ण बहादुर आले मगर विजयी हुनुभएको थियो । डोरी तान्ने खेलमा १० प्रतिस्पर्धी टिममध्ये अन्तिम राउण्डमा REC CLUB टिमलाई पराजित गरी सल्लाहकार टिम विजयी भएका थिए जसमा मन बहादुर पुन (टिम क्याप्टेन), राम बहादुर गुरुङ्, कर्ण बहादुर थापा मगर, दल बहादुर आले मगर तथा शेर बहादुर कार्की हुनुहुन्थ्यो । महिलाहरुको घैँटो फोर्ने खेलमा ६ जना प्रतिस्पर्धीमध्ये काभ्रेका का सुश्री रेलीमाया तामाङ विजयी हुनुभएको थियो । मगरहरुको परम्परागत बाङ् छानिने पुरुष मगरहरुको डौडमा भने १३ जना प्रतिस्पर्धीहरुलाई पराजित गरी स्याङ्जाका बिराज थापा मगर प्रथम हुनुभएको थियो । खेलमा विजयी प्रतियोगीहरुलाई संघका अध्यक्षले खादा ओढाई पुरस्कार प्रदान गर्नुभएको थियो भने डौडमा सर्वोत्कृष्ट हुने स्याङ्जाका बिराज थापा मगरलाई खादा ओढाई पुरस्कार प्रदान गर्नुका साथै मगर परम्परा अनुसार शिरमा सेतो फेटा बाँधी कतारको हकमा आगामी वर्ष (२०१०/११) को लागि मगर बाङ् घोषित गर्नुभएको थियो ।


सोही अवसरमा १३ जनाले साधारण सदस्यता  लिनुभएको थियो । सदस्यता  लिनेहरुमा दल बहादुर पुन (प्युठान), जगीराम घर्ती (बाग्लुङ), टिकाराम घर्ती (बाग्लुङ), तेज नारायण आले (उदयपुर), नारायण बहादुर मगर (झापा), कर्ण गाहा (पाल्पा), छम बहादुर पुन (गुल्मी), राम बहादुरमगर (संखुवासभा), तेज बहादुर आले (संखुवासभा), जि.एम्. थापा (रुपन्देही), तिलक रोका (म्याग्दी),  धन बहादुर लुङ्गेली (ईलाम), शरण मगर (खोटाङ) हुनुहुन्थ्यो । 


कार्यक्रमको अन्तिम चरणमा सांस्कृतिक कार्यक्रमका जिम्मा पाउनुभएका कलाकार डि.एन्. पाङ्मी मगरको सञ्चालनमा रमाईलो नाचगान पनि गरिएको थियो जसमा मगर गीत, कौडा नाच, चुड्का लगायत अन्य नाचहरु प्रस्तुत गरिएको थियो । बिबिध नाचहरु लगायत पुरुष-महिलाबिचको दोहोरीले हेर्नेहरुलाई निकै रोमाञ्चित तुल्याएको देखिन्थ्यो । एक प्रकारले हेर्नेहरुको भीडले कार्यक्रममा रौनकता छाएको प्रष्ट देख्न सकिन्थ्यो । परिवेश निकै रमाईलो भएपनि समयको अभावले गर्दा कार्यक्रम छोट्याउनु परेको बाध्यता थियो ।


कार्यक्रममा नास्ता तथा खानाको पनि ब्यवस्था गरिएको थियो । नास्ता तथा खानाको क्याटरीङ्ग हिमालयन रेष्टुरेण्टले गरेको थियो । कार्यक्रममा बिक्रीको लागि संघको लोगो अंकित टि-सर्ट पनि राखिएको थियो । वनभोज कार्यक्रमलाई व्यवस्थित गर्न कुपनको व्यवस्था गरिनुका साथै आवतजावतको सुबिधाको लागि यातायातको पनि व्यवस्था गरिएको थियो जस अनुसार नौ वटा गाडी मध्ये प्रकाश आले मगरले एउटा मिनीबस (25 Seater), मनीराज थापा मगरले एउटा मिनीबस (25 Seater), छत्र बहादुर घले मगर र जनक थापा मगरले संयुक्तरुपमा एउटा बस (66 Seater), मन बहादुर पुन मगरले एउटा बस (66 Seater) प्रायोजन गर्नुभएको थियो । कार्यक्रमको पहिलो तथा अन्तिम चरण का.वा. महासचिव शरण थापा मगर र केन्द्रिय सदस्य भिम तरामु मगरले संयुक्तरुपमा सञ्चालन​ गरेका थिए । समग्रमा कार्यक्रम अति रमाईलो तथा सफल भएको निर्क्यौल सहभागीहरुको थियो ।

     Related
 
 
1 तपाईको जन्म मिति र तपाई कुन ल्हो र कुन खाम हो थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
2 नेपाली हाँस्य टेलि चलचित्र "वार कि पार"
3 हिमाली गितहरु
4 Dendi Sherpa's Sherpa songs 'visual'
5 Tibetan Losar Song video
6 शेर्पाहरुको उत्पत्ती र नामकरण
7 छ्योमिन् बाले पछि गर्नु पर्ने मोन्लम्
8 song of Roshan Gurung
9 शेर्पाको थर र 'मेरप्' (शेर्पाहरुको बंसावली)
10 शेर्पाको भाषा र लिपिहरु -- पाशाङ ग्याल्जेन लामा
11 शेर्पाको धर्मिक चाड पर्वहरु
12 शेर्पाको न्वारन संस्कार
13 बुद्ध धर्ममा पञ्चशीलको महत्व र आवश्यकता
14 बुद्ध धर्ममा कर्मकाण्ड वाङ
15 ऐतिहासिक तोलाकागुम्बा ओझेलमा
 
 
Home | Photo Gallery | Video Gallery | Sherpa Dictionary | Have Your Say | About Us
This site has been visited 5657153 times.
© Sherpaworld.com 2008. Em@il: sherpaworldnews@gmail.com